एजेन्सी– २०१८ फिफा विश्वकपअघि भएको अभ्यास खेलमा बेल्जियमले सानदार जित हात पारेको छ। बेल्जियमले सोमबार राति भएको खेलमा कोस्टारिकालाई ४–१ गोलले हराएको हो।
खेलमा अग्रता भने कोस्टारिकाले लिएको थियो। रुइजले २४ मिनेटमा गोल गरेर कोस्टारिकालाई अग्रता दिलाएका थिए। तर ३१ मिनेटमा बेल्जियमका लागि मार्टिन्सले बराबरी गोल फर्काउन सफल भए। रोमेलु लुकाकुले ४२ मिनेटमा गोल गरेर बेल्जियमलाई अग्रता दिलाए। ५० मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ३–१ ले अघि बढ्यो। ६४ मिनेटमा बाट्सुयासीले बेल्जियमका लागि चौथो गोल गरे।
बिहीबारदेखि सुरु हुने विश्वकपमा बेल्जियम समुह जीमा छ। कोस्टारिका समूह डीमा छ।
यता अर्को खेलमा सेनेगलले दक्षिण कोरियालाई २–० गोलले हराएको छ। कोरियाका किम योङले ६७ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा सेनेगलले अग्रता लियो। दोस्रो हाफको इन्जुरी टाइममा कोनाटेले पेनाल्टीमार्फत सेनेगलको अग्रता दोब्बर पारेका थिए। विश्वकपमा सेनेगल समूह एचमा छ। दक्षिण कोरिया समूह एफमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।