जनकपुर- पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरेको आरोपमा नेपाल आयल निगमका डिपोका प्रमुख सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनियर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याकर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई प्रहरीले पक्राउ गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवको निर्देशनमा उनीहरुलाई पक्राउ गरिएको स्रोत बताउँछ।
उनीहरुले बजारमा पेट्रोलियम कृत्रिम अभाव सिर्जना गरेको सूचना पाएपछि मन्त्री यादवले पक्राउ गर्न निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।