काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले लोकतन्त्रलाई पूर्वराजा र विप्लवबाट नभई वर्तमान सरकारबाट नै खतरा भएको टिप्पणी गरेका छन्।
नेपाल विद्यार्थी संघ काठमाडौं समितिले गरेको अन्तर्क्रियामा नेता थापाले संघीयताको सबैभन्दा विरोधी प्रधानमन्त्री ओली रहेको आरोप लगाए। ओलीले आफ्नै पार्टीका महिला नेतृहरुले कानुनले दिएको आवाज उठाउँदा ट्यारट्यार नगर्नू भन्नुको अर्थ गम्भीर रहेको थापाले बताए।
'अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका' विषयक अन्तर्क्रियामा थापाले पार्टीभित्र विगतका तीता-मीठा बिर्सेर पार्टीलाई एकढिक्का बनाउन जुट्नुपर्ने सुझाव समेत दिए। १३औं महाधिवेशनमा दुई धारको नेतृत्व गरेर महाधिवेसनमा भिडे पनि त्यसलाई बिर्सेर एकजुट हुन दुवै पक्षका नेतालाई उनले आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।