काठमाडौं– गत वर्ष डल्लुमा एक बालिकालाई बलात्कारपछि हत्या गर्ने युवकलाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाउको छ। काठमाडौं जिल्ला अदालतले विश्वराम रनपहेँलीलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो।
गत वर्ष जेठ ५ गते उनले १० वर्षिया अमृता नेपालीलाई बलात्कारपछि हत्या गरेका थिए। महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले अभियोग पुष्टि गर्दै रनपहेँलीलाई जन्मकैदको फैसला गरेको हो। साथै ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ।
पीडितका तर्फबाट मुद्दा लडेका अधिवक्ता स्वागत नेपाल अदालतको फैसलाबाट पीडितले न्याय पाएको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।