काठमाडौं- हिमालयन बैंकले यस वर्षको एचबिएल-दायित्व फेलोसिप अवार्ड २०१८ अवार्डको रकम हस्तान्तरण गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले अवार्ड प्रायोजन वापतको ५ लाख ४ हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक डा पुकार मल्ललाई हस्तान्तरण गरेका हुन्।
बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोका लागि यो अवार्ड प्रायोजन गर्दै आएको छ। यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकाय तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्याउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।