काठमाडौं– नेपाल प्रहरीका एक नायब निरीक्षक (सइ) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्णकुमार लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा सेवा प्रवेश गरेको देखिएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाबाट प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेको भन्दै उनले शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए। जुन नक्कली भएको खुलेपछि आयोगले मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।