सिङ्गापुर- सिङ्गापुरका प्रधानमन्त्री लि सिएन लुङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता भएको छ।
उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ। भेटवार्तामा मंगलबार ट्रम्प र उत्तर कोरियाली नेता किन जोङ-उनबीचको शिखर वार्ताको विषयमा कुराकानी भएको थियो।
विश्वकै लागि सर्वाधिक चासोको विषय बनेको शिखर वार्ताका लागि ट्रम्प र उन आइतबार नै सिङ्गापुर पुगिसकेका छन्।
मंगलबार स्थानीय समय अनुसार बिहान ९ बजे उनीहरुबीच शिखर वार्ता हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।