काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) का नेता केशव झाले सांसद रेशमलाल चौंधरीलाई थुनामुक्त गरे आफूहरु सरकारमा जान तयार रहेको बताएका छन्।
नेता झाले पार्टीका सांसद चौंधरीलाई थुनामुक्त गरेर सपथ खुवाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको बताए। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आन्दोलनको सहयात्री दल संघीय 8वादी फोरम एकलौटी रुपमा सरकारमा प्रवेश गरे पनि प्रदेश २ को सरकार ढाल्ने खेलमा आफ्नो पार्टी नरहेको बताए। प्रदेश २ को सरकारलाई समर्थन गरेरै अघि बढ्ने पार्टीको नीति रहेको झाको भनाइ छ।
नेता झाले प्रदेश २ मा संघीय 8वादी फोरम र राजपाको सहकार्यमा बनेको सरकार टुट्ने अवस्था नरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।