काठमाडौं–चेकिङको क्रममा ट्राफिक प्रहरीलाई घुस दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले शनिबार बेलुका ठमेलबाट मोटरसाइकल चालक राज कर्माकार र जीवन अधिकारीलाई पक्राउ गरेको हो।
मापसे कारबाहीबाट जोगाउन उनीहरुले ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिएका थिए। घुससहित उनीहरुलाई पक्राउ गरिएको सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।