रौतहट- अपहरणमा परेका एक बालकको शव आज बिहान बागमती नदी किनारमा भेटिएको छ।
रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ। घरदेखि झन्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट बालकको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिए।
टाउकोमा चोट देखिएकाले लाठी अथवा काठले हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुुमान रहेको प्रहरी निरीक्षक ओझाको भनाइ छ।
अपहरण तथा हत्याको आरोपमा प्रहरीले ५ जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ।
शनिबार राति बालक युुवराज खानपिन गरेर आफ्नै घरमा सुुतिरहेका थिए। आइतबार बिहान ढिलै गरी उनका दाजुु निरञ्जन मोबाइल खाज्दै भाइ सुुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युुवराज बेपत्ता भएको चाल पाएका थिए।
घटनास्थल जिल्ला सदरमुुकाम कटहरियाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्दछ। कटहरीया नगरपालिकामा अपहरणपछि हत्या भएको यो पहिलो घटना रहेको प्रहरीको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।