बग्दाद- इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ। उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो।
इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो। तर त्यस अगावै भएको आगलागीबाट कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन।
गत मे १२ मा व्यवस्थापिकाका लागि भएको निर्वाचनमा उक्त क्षेत्रबाट प्रजातान्त्रिक व्यवस्थाको वकालत गर्दै आएका सिया धर्मगुरू मोकतादा सादरले अनपेक्षित विजय हासिल गरेका थिए।उनीमाथि निर्वाचनमा छलकपट गरिएको आरोप अन्य समूहले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।