फ्र्यांकफर्ट, जर्मनी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको ट्विटर सन्देश वासिङ्टनको युरोपप्रतिको विश्वास बिगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ।
जर्मनीका विदेशमन्त्री हेइको मास जी–७ सम्मेलनको समाप्तिसँगै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा समर्थन नजनाएर ट्रम्पले गरेको ट्विटर सन्देशले वासिङ्टन र युरोपबीचको विश्वासिलो सम्बन्धलाई ‘तोडेको’ बताएका छन्।
'एउटा ट्विटले अमेरिका र युरोपबीचको असाधारण विश्वासलाई छिट्टै तोड्न पनि सक्छ। त्यसैले युरोपले एक भएर आफ्नो हितका लागि प्रतिवाद गर्नेछ,' मासले आफ्नो ट्विट सन्देशमा भनेका छन्, 'एकताबद्ध युरोप पहिला अमेरिकाको प्रतिउत्तर हो।' रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।