इटहरी– केही दिनअघि मात्र सुनसरीमा दुई युवतीले एकै दिन आत्महत्या गरे। दुवैजनाको आत्महत्याको प्रकृति हेर्दा एकै किसिमको पाइयो। मुख्यतः प्रेम असफल भएकै कारण उनीहरूले जीवन समाप्तिको बाटो रोजेका थिए। प्रेम सम्बन्ध असफल हुने निश्चित भएपछि आत्महत्या गरेको उनीहरूले सुसाइड नोटमा उल्लेख गरेका थिए।
कारण जे भए पनि दैनिकजसो आत्महत्याका घटना प्रहरीकहाँ आउने गर्छन्। कहीलेकाहीँ एउटै नगरमा ४ देखि ५ जनासम्मले आत्महत्या गर्ने गरेको पाइन्छ। पछिल्लो समय आत्महत्या सामान्य घटनाजस्तो हुन थालेको छ। सामान्य विषयमा विवाद होस् या सानो कुराले मन दुखाउँदा होस् मानिसले आत्महत्यालाई विकल्पका रूपमा प्रयोग गर्न थालेको पाइन्छ।
नेपाल प्रहरीको तथ्यांकका आधारमा प्रतिदिन १३ जना नेपालीले आत्महत्या गर्छन्।
यता, प्रदेश १ को आत्महत्याको तथ्यांक भने नेपालको समग्र तथ्यांकभन्दा फरक छ। प्रदेश १ मा १० वर्ष (२०६४/०६५ देखि २०७४/०७५) मा ६ हजार २ सय ५२ जनाले आत्महत्या गरेका छन्।
त्यसमध्ये सबैभन्दा धेरै झापामा २ हजार २ सय ९१ र सबैभन्दा कम तेह्रथुममा १ सय ४५ जनाले आत्महत्या गरेका छन्। त्यस्तै, मोरङमा ५ सय ३५, सुनसरीमा ४ सय ५२, ताप्लेजुङमा १ सय ७७, पाँचथर २ सय ६३, इलाम ४ सय ६७, संखुवासभा १ सय ४९, भोजपुरमा ३ सय १, धनकुटामा २ सय ७३, उदयपुरमा ४ सय १३, खोटाङमा ३ सय २२, ओखलढुंगा २ सय ३९, सोलुखुम्बु ३ सय २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
यो तथ्यांक अनुसार चिसो मौसम भएको पहाडी जिल्लामा कम आत्महत्या हुने गरेको र तराई क्षेत्रमा बढी मात्रामा आत्महत्या हुने गरेको पाइन्छ। तर, पहाडी जिल्लामा भएका कतिपय घटनाहरू प्रहरीको जानकारीमा नआउनुले पनि तथ्यांक कम देखिएको अनुमान छ।
आर्थिक वर्ष २०६४/०६५ देखि हालसम्मको अवस्थालाई हेर्दा प्रदेश १ मा ३७ दशमलब १ प्रतिशतले आत्महत्याको दरमा वृद्धि भएको पाइन्छ। २०६४/०६५ मा ४० जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७४/०७५ सुरु भएदेखि हालसम्ममा ५ सय ७६ जनाले आत्महत्या गरिसकेका छन्।
प्रदेश १ मा १० वर्षमा ५७ प्रतिशत अर्थात् ३ हजार ५ सय ६४ जना पुरुष र ४३ प्रतिशत अर्थात् २ हजार ६ सय ८८ महिलाले आत्मत्या गरेका छन्।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार १५ देखि २९ वर्ष उमेर समूहका युवामा आत्महत्याको जोखिम अत्यधिक हुन्छ। तर, प्रदेश १ को तथ्यांक हेर्दा ६० प्रतिशत आत्महत्या २० देखि ४० वर्ष उमेर समूहमा भएको देखिन्छ।
पेशागत हिसाबमा सबैभन्दा बढी कृषि पेशामा आबद्ध मानिसले आत्महत्या गरेका छन्। ५७ प्रतिशत कृषि, ७ प्रतिशत नोकरी, ५ प्रतिशत व्यापार र बाँकी बेरोजगार वा अन्य पेसामा अबद्ध हुनेले आत्महत्या गरेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा ८ लाख मानिसले आत्महत्या गर्छन्। हरेक ४० सेकेन्डमा १ जनाको आत्महत्याबाट मृत्यु भइरेहेको हुन्छ । यो अनुपात वार्षिक रूपमा बढिरहेको छ।
सामाजिक कारणले आत्महत्या
अधिकांश आत्महत्या युद्ध, प्रकोप, हिंसा, अरोपप्रत्यारोप तथा अत्मसम्मानमा ठेस पुग्ने कारण हुने गर्छन्। त्यसमा 8को भूमिका महत्पूर्ण हुन्छ भन्छन् 8शास्त्री इमायल दुर्खिम। उनले आफ्नो पुस्तक ‘सुसाइड’मा आत्महत्याको प्रमुख कारण 8 रहेको उल्लेख गरेका छन्।
8शास्त्री प्राडा शम्भुप्रसाद कट्टेल पनि आत्महत्यामा सामाजिक कारण नै महत्वपूर्ण रहेको स्वीकार गर्छन्।
‘आत्महत्या खास यही कारणले गर्दा हुन्छ भन्ने नभए पनि त्यसको अन्तर्य 8सँग मेल खाने भएकाले सामाजिक कारण मान्न सकिन्छ,’ उनी भन्छन्, ‘तर, आत्महत्याको विषयमा गहिरिएर अध्ययन हुन नसकेको कारण यही एउटै कारणले मात्र आत्महत्या हुन्छ भनेर भन्न सक्ने अवस्था छैन।’
कतिपय आत्महत्या सनकमा आएर सामान्य ‘इगो’का कारणले पनि हुने भएकाले त्यसलाई 8सँग जोड्नु अन्यायपूर्ण हुने उनको बुझाइ छ। कम आयस्तर भएका वा आर्थिक रुपमा कमजोर भएकाहरुले 8मा आफ्नो अस्तित्व देख्न नसकेर पनि आत्महत्या भइरहेको हुनसक्ने उनी बताउँछन्।
मनोवैज्ञानिक कारण
आत्महत्या मानिसको चेतना स्तरमा निर्भर गर्छ। तथ्यांक अनुसार पनि शिक्षित समुदायमा भन्दा अशिक्षित समुदायमा आत्महत्या बढी भएको पाइन्छ।
९० प्रतिशत आत्महत्या मानसिक कारणले हुने गरेको पाटन अस्पताल काठमाडौंका वरिष्ठ मनोचिकित्सक डा रवि शाक्य बताउँछन्। त्यसमा पनि ६० प्रतिशत चाहिँ डिप्रेसनकै कारणले हुने गरेको उनको भनाइ छ। ‘जब मानिसलाई आफ्नो जीवन बेकारको लाग्न थाल्छ, केही गर्न सकिएन भन्ने भावना पलाउँछ, साथीभाइ कोही नभएको महसुस हुन्छ वा जीवनमा भन्दा मृत्युमा अर्थ देख्छ त्यसपछि आत्महत्या गर्छ,’ उनी भन्छन्, ‘सधैँ निराश हुने मान्छे एक्कासी खुसी हुनु पनि आत्महत्या हुने लक्षण हो भने सधैँ खुसी हुने मान्छेले एकान्त मनपराउनु वा निराश हुनु पनि आत्महत्या गर्ने लक्षण हो।’
डा शाक्यका अनुसार आत्महत्या मुख्यतः दुई तरिकाबाट हुन्छ। एउटा आकस्मिक हुन्छ जहाँ एक्कासी मानिस झोँकमा आउँछ र कसैलाई देखाउका लागि आत्महत्या गर्छ। बाबुआमासँग अथवा प्रेमीप्रेमिकासँग रिसाउँदा यस्तो घटना हुनेगर्छ। त्यसैबेला कसैले उसलाई सम्झायो वा रोक्यो भने आत्महत्याबाट उसलाई बचाउन सकिन्छ।
अर्को कारण पुस्तान्तरण अर्थात् वंशाणुगत हो। जहाँ पुरानो पुस्ता कसैले आत्महत्या गरेको भए अथवा विगतमा आफ्नो परिवारभित्र आत्महत्या भएको भए पछिल्लो सन्तानमा पनि त्यही रोग सर्ने हुन्छ। जसलाई वंशाणुगत रोग मानिन्छ। यसमा योजनाबद्ध तरिकाले आत्महत्या हुने गरेको डा शाक्य बताउँछन्। भन्छन्, ‘यस्ता मानिसले लामो समयको योजनापछि आत्महत्या गर्छन्।’
असफलता प्रमुख कारण
आत्महत्या गर्नेहरुमा मुख्यतः २० देखि ४० वर्ष उमेरसमूहका बढी छन्। प्रेम, रोजगारी, व्यापार, सम्बन्ध, राजनीति लगायत क्षेत्रमा आफ्नो करिअर बनाउने बेला यही उमेर समूहमा पर्छ। जब मानिस त्यसमा असफल हुन्छ ऊ बिस्तारै डिप्रेसनको सिकारमा पर्छ। उसलाई 8ले पनि वास्ता गर्न छाड्छ। अनि आत्महत्यालाई विकल्पका रूपमा प्रयोग गर्छ।
त्यसभित्र पनि विभिन्न उमेर समूह अनुसारको असफलताको कारण आत्महत्या हुने गरेको पाइन्छ। टिनएजका युवायुवतीले प्रेम असफल भएको कारण आत्महत्या गर्छन् भने ३५ वर्ष आसपासका युवाले व्यापार वा करिअरको असफलताका कारण आत्महत्या रोज्ने गर्छन्।
प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी धेरै सुसाइड नोटमा असफलतालाई जोड दिएको पाइने गरेको बताउँछन्।
‘पहिला कसैले नदेख्ने स्थानको छनोट हुन्थ्यो भने अहिले घर वा गोठ आसपास सबैले देख्ने गरी नै आत्महत्या हुने गरेको पाइन्छ,’ उनी भन्छन् ‘प्रेम गरेको प्रमाण देखाउने भन्दै नोट लेख्ने र आत्महत्या गर्नेहरु बढिरहेकाछन्।’
झुन्डिएर आत्महत्या गर्ने ६० प्रतिशत
प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार ६० प्रतिशत आत्महत्या झुन्डिएर हुने गरेका छन्। प्रदेश १ मा विगत १० वर्षको तथ्यांक हेर्दा ६ हजार २ स ५२ मध्ये ३ हजार ७ सय ४८ जना अर्थात् झन्डै ६० प्रतिशत आत्महत्या झुन्डिएर भएका थिए।
यो विधि सबैभन्दा धेरै पुरुषले प्रयोग गर्ने गरेका छन्। महिलाले प्रायः विष सेवन गर्ने वा खोलामा हामफाल्ने गर्छन्। झुन्डिएर आत्महत्या गर्नेहरुको बाच्ने सम्भावना एकदमै न्यून हुनेगर्छ। तर, विष सेवन गरेको वा खोलामा हामफालेको समयमै उपचार भयो भने बाच्न सक्ने सम्भावना रहन्छ। त्यसैले आत्महत्या प्रयास गर्ने धेरै महिला छन् भने आत्महत्याबाट मृत्यु हुनेमा बढी पुरुष छन्।
त्यसका अलावा अहिले आत्महत्याका नयाँ तरिका पनि देखा पर्न थालेका छन्। केही दिनअघि अमेरिकामा एक फेसन डिजाइनरले अत्यधिक प्यारासिटामोल सेवन गरेर आत्महत्या गरिन्। त्यति मात्र होइन विकसित मुलुकमा गाडीको धुवा खाएर आत्महत्या गर्नेहरु पनि त्यतिकै छन्। हावा प्रवाह नहुने बन्द कोठामा बसेर सामूहिक आत्महत्या गर्नेहरु पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।