ad

मलेसियाबाट फर्किएपछि डिप्रेसनः छुरा हानेर छोराको हत्या

SHARES
Nepal Live

काठमाडौं–  डिप्रेसनमा परेका एक युवकले छुराले हानेर आफ्नै छोराका हत्या गरेका छन्।  

 चाँगुनारायण नगरपालिका–५ खरीपाटी घर भई कमलबिनायक बस्ने ३५ बर्षीय पहलमान गिरीले आइतबार छोराको हत्या गरेका हुन्। 

    उनले १२ बर्षीय छोरा प्रतिक गिरीलाई छुरी प्रहार गरेका हुन्। भक्तपुर अस्पताल हुदै थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। 

पहलमानलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरका प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठका अनुसार पहलमान केही महिनाअघि मात्र मलेसियाबाट फर्किएका थिए। उनी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। फर्किएपछि केही काम गरेका थिएनन्। उनी आर्थिक समस्यामा पनि थिए। 

उनले डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए। आइतबार धेरै औषधी सेवन गरेकाले के गरौं के गरौं भएको र सुतिरहेका छोरालाई छुराले हानेको उनले बताएका छन्। 

अभियुक्त गिरीलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। उनको मानसिक परिक्षण पनि गरिने एसपी श्रेष्ठले बताए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार