काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन बन्द भएको छ। यातायात व्यवस्था विभागले सूचना जारी गरी लाइसेन्स बन्द भएको जनाएको छ।
यो आर्थिक वर्षको राजश्व मिलान गर्नुपर्ने तथा यसअघि नै आवेदन दिएकाहरुको ट्रायल लिन बाँकी भएकाले असार मसान्तसम्मलाई नयाँ आवेदन रोकिएको हो। साथै असार महिना लागि लिइएको अनलाइन फर्म पनि रद्द गरिएको विभागले जनाएको छ। यसअघि लाइसेन्सका लागि फर्म फरेका र लाइसेन्स लिने तयारीमा रहेकाहरु मर्कामा परेका छन्।
साउनदेखि फेरि आवेदन खुला गरिने विभागका निर्देशक तुलसीराम अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।