एजेन्सी– बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडाको मुख्य अभिनय रहने फिल्म 'भारत'मा दिशा पटानीको भूमिकाबारे सार्वजनिक गरिएको छ।
फिल्ममा अनुबन्धित भएपछि पनि दिशाले निर्वाह गर्ने भूमिकाबारे निमार्ण समूहले खुलाउन चाहेको थिएन। तर, फिल्ममा दिशाले सलमान खानको बहिनीको भूमिका निर्वाह गर्नेबारे अहिले सार्वजनिक गरिएको छ। फिल्म 'भारत'मा सलमान र प्रियंकापछिको सशक्त भूमिकामा देखिने बताइएको छ।
कोरियन फिल्म ‘ओड टु माई फादर’को कथामा आधारित रहेर निमार्ण हुन लागेको फिल्म 'भारत'मा दिशा एक सर्कस केटीका रुपमा देखिनेछिन्। दिशाले फिल्ममा स्टन्टवाला अभिनय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।