काठमाडौं– रामशरण पाठकको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘सयकडा दस’ को सुटिङ सकिएको छ। छायांकन सकिएसँगै फिल्मका अभिनेता अमृत ढुंगाना र अभिनेत्री करुणा श्रेष्ठका ३ तस्बिर सार्वजनिक भएका छन्।
काठमाडौं, पोखरा, सिन्धुली र पाँचथर लगायतका स्थानमा खिचिएको यस फिल्ममा हास्य कलाकार मनोज गजुरेलले ठूलो पर्दामा डेब्यु गर्दै छन्। नेपाली मूलकी बर्मेलफ सोनिया राईले डेब्यू गर्न लागेको फिल्मको प्रदर्शन आउँदो मंसिरमा गर्ने लक्ष्य राखिएको छ।
भ्रष्टाचार विरुद्धको कथावस्तुमा निर्माण गरिएको फिल्ममा अमृत, करुणा र सोनियाका साथै राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल लगायतको अभिनय छ।
रामेश्वर कार्कीले छायांकन गरेको फिल्मको सम्पादन बनिश शाहले गरेका छन्।
सार्वजनिक प्रदर्शन गर्नुअघि फिल्मको केही च्यारिटी शो समेत गरिने निर्माण पक्षले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।