ad

'एसइई मोडल हन्ट' कोे उपाधि दिया र कृशललाई

SHARES
Nepal Live

काठमाडौं– पहिलो संस्करणको 'एसइई मोडल हन्ट २०१८' को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन्।

डिएम इन्टरटेन्मेन्टको आयोजना र थ्रिडी नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडि पार्दै तनहुँकी १४ वर्षीया दिया र काभ्रे साँगाका १६ वर्षीय कृशलले उपधि चुमेका हुन्। त्यस्तै, निशान चेम्जोङ लिम्बू र कृषा श्रेष्ठ फस्ट रनर्स अप तथा समृद्वि गिरी र आयुष लामा सेकेन्ड रनर्स अप घोषित भए। 

मोडल हन्टका विजेता तथा उप-विजेताले क्राउन सहित नगद पुरस्कार साथै कक्षा ११ र १२ अध्ययनको लागि पूर्ण छात्रावृत्ति, प्रमाणपत्र  र विभिन्न उपहार प्राप्त गरेका छन्। 

शुक्रबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको ग्राण्डफिनालेमा उत्कृष्ट १५ र ५ हुँदै अन्तिम चरणमा विजेताको घोषणा गरिएको थियो। प्रतियोगिता अन्तर्गत 'बेस्ट वाक' प्रतिस्पर्धामा दिया श्रेष्ठ र कृशल श्रेष्ठ, 'बेस्ट फिगर'मा स्वेच्छा खड्गी, 'बेस्ट स्माइल'मा रोजी श्रेष्ठ र अनिल कँडेल, 'मोस्ट कन्फिडेन्ट'मा प्रिज्मा महर्जन र लक्की रे, 'मोस्ट फोटोजेनिक'मा समृद्धि गिरी र निशान चेम्जोङ तथा 'मिस बब्ली'मा स्मृति पुनले बाजी मारे।

त्यस्तै, 'मिस ट्यालेन्ट' प्रशंसा सुवेदी, 'मोस्ट ग्ल्यामरस' रिसिका महर्जन, 'मिस क्यारिसम्याटिक' रोमिना मानन्धर, 'मिस इन्टेलिजेन्ट' मानसी बम, 'बेस्ट हेयर' मोनिका गुरुङ, 'मिस फेसन आइकन' एनी पुजारी, 'मिस कन्जिनियल' दिब्या पुरी, 'मिस फ्रेन्डली' सुसिन श्रेष्ठ, 'मिस पर्सनालिटी' स्वीकृति गिरी, 'मोस्ट डिसिप्लेन' अनिसा इमाम र एनएल पुन, 'मिस्टर फ्रेन्ड्ली' सुसिन श्रेष्ठ, 'मिस पर्सनालिटी' स्वीकृति गिरी घोषित भए। 

प्रतिस्पर्धीहरुलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फस्ट रनर अप सविता कार्कीले कोरियोग्राफी गरेका थिए। प्रतियोगीहरुले ४० दिन लामो कार्यशालामा प्रशिक्षण पाएका थिए।


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्