काबुल– तालिबान लडाकूहरुले तीन दिनका लागि शनिबार युद्धविरामको घोषणा गरेका छन्।
इद उल फित्रको अवसरमा सरकारी सुरक्षा फौजसँग कुनै हिंसात्मक गतिविधि नगर्ने गरी तालिबानले युद्धविराम घोषणा गरेको अधिकारीहरुले बताएका छन्।
तीन दिने इदको बिदाका बेला अफगानिस्तानका सरकारी फौजलाई केही नगरेपनि विदेशी पदाधिकारी विरुद्धको कारबाही भने जारी रहने तालिबानले स्पष्ट पारेको छ।
तालिबान समूहले आफूहरु विरुद्ध कुनै कारबाही भएमा भने कडा रुपमा प्रतिकार गर्ने एक विज्ञप्ति प्रकाशन गरेर जनाएको छ।
सरकारी पक्षले एक हप्ता लामो युद्धविराम घोषणा गरेपछि तालिबान समूहले दुई दिने युद्धविराम घोषणा गरेको विज्ञप्ति शनिबार बिहानै यहाँका सञ्चार माध्यमहरुलाई पठाएका थिए।
‘इद उल फित्रका अवसरमा तीन दिन सरकारी सुरक्षाकर्मी विरुद्धका सवै कारबाहीहरु रोक्न निर्देशन दिइएको छ,’ तालिवानद्धारा प्रेषित सन्देशमा भनिएको छ।
सन्देशमा आफूलाई आक्रमण गर्नेका विरुद्धमा कडा प्रतिवाद गरिने र विदेशीहरु विरुद्धको कारबाही पनि जारी रहने उल्लेख गरिएको छ।
सन् २००१ देखि अहिलेसम्मको युद्धका क्रममा तालिबान लडाकूहरुको तर्फबाट अफगानिस्तानमा इदको अवसरमा युद्धविराम भएको यो पहिलो पटक हो।
यसपटक अफगानिस्तानका राष्ट्रपति असरफ घानीले गत मङ्गलबार तालिबानविरुद्ध एक हप्ते युद्धविराम घोषणा गरेका थिए।
उनको सो घोषणाले पनि तालिबानहरुलाई आफ्नो तर्फबाट युद्धविराम गर्न दबाव सिर्जना गरेको अधिकारीहरुले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।