विदुर– नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
बट्टारस्थित खेल मैदानमा आज भएको फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिसले पहिलो नुवाकोट गोल्डकपको उपाधि जितेको हो । नेपाल पुलिसलाई विजयी गराउन ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक बन्यो।
त्यसअघि ३३ मिनेटमा पाएको पेनाल्टीमा पुलिसका सुमन लामाले गोल गर्नबाट चुकेका थिए।
प्रतियोगिताको विजेता नेपाल पुलिसले पाँच लाख रुपैयाँ प्राप्त गरेको छभने उपविजेता थ्रीस्टारले तीन लाख हात पार्यो।
उत्कृष्ट भएको टोलीलाई पुरस्कार प्रदान गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नुवाकोटमा व्यवस्थित खेल मैदानसहितको राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेल क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा गत जेठ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका १० क्लबले सहभागिता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।