काठमाडौं– नारीप्रधान एक्सन जनरामा निर्माण भएको फिल्म 'वीराङ्गना'को दोस्रो गीत ‘तिम्रो हाम्रो मायामा’ सार्वजनिक भएको छ।
असार २९ बाट प्रदर्शनको तयारीमा रहेको फिल्मको गीतमा शिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईँको रोमान्टिक नृत्य छ। रघु परियारको शब्द र दीपक शर्माको संगीतमा सजिएको गीतमा रामकृष्ण काफ्ले र रेस्मा पोखरेलको स्वर छ।
यसअघि फिल्म युनिटले 'तिमी'नि पुलिस' बोलको गीत सार्वजनिक गरेको थियो।
फिल्मले सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले पुर्याएको योगदान र महिला सशस्त्र प्रहरीको बहादुरीलाई देखाउन लागेको निर्देशक राजबहादुर सानेले बताए।
फिल्ममा शिल्पा, अनुपविक्रम, पृथ्वीराजसँगै धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल लगायत कलाकारहरुको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।