धनगढी– कैलालीका पत्रकार लोकेन्द्र बिष्टमाथि अज्ञात समूहद्धारा कुटपिट भएको छ। कैलालीको धनगढीस्थित एसटिएस टेलिभिजनमा कार्यरत पत्रकार बिष्टमाथि गएराति अज्ञात समूहले कुटपिट गरेका हुन्।
काम सकेर घर जाने बेला नचिनेका मान्छेको एक समूहले निर्घात कुपिट गरेको जनाइएको छ।
उनीमाथि भएको घटनालाई लिएर प्रदेश सातको पत्रकार महासंघ तथा पत्रकार महासंघ कैलाली शाखाले पनि घोर भत्र्सना गरेको छ। पत्रकारमाथि सुरक्षा खतरा बढेको भन्दै यसतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने महासंघले मागसमेत गरेको छ।
बिष्टको घरमा पुगेर पत्रकार महासंघका प्रदेश संयोजक अर्जुन शाह, पत्रकार महासंघ कैलालीका जिल्ला अध्यक्ष जगत साउद र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेलगायतको टोलीले घटना तथा उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए।
पत्रकार बिष्टलाई कुटपिट गर्ने समूहलाई कारबाहीको दायरामा ल्याइने प्रहरी उपरिक्षक घिमिरेले बताए। उनीहरुको खोजी कार्य भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।