काठमाडौं- थिएटर भिलेज र थेम्स इन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरमा 'झिमिक झिमिक झ्याप्प' नाटक मञ्चन हुने भएको छ।
अाफ्नी प्रेमिकाको बाबु र एउटा धनाढ्य अार्ट कलेक्टरलाई प्रभावित गर्न एउटा युवा कलाकारले साथीको कोठाबाट दुर्लभ र महँगा समाग्री चोरेर ल्याउँछ। उसको घरमा एक्कासि बत्ती जान्छ। त्यसपछि नाटकमा जे जति रोमान्चक घटना हुन्छन्, ती सबै अँध्यारोमै हुन्छन्।
अाजको 8मा अाधुनिकताको खास्टो अोढेर मान्छेले एक अर्कोलाई कसरी झुक्याइरहेका छन् र त्यसले गर्दा सम्बन्धहरु कसरी भत्किरहेका छन् भन्ने कुरामा नाटक केन्द्रित छ। मान्छेका सम्बन्धमा देखिने खोक्रोपनामा 8 र राजनीतिको कस्तो भूमिका रहेको छ? नाटकले कलात्मक ढंगले प्रस्तुत गरेको छ।
अायुष्ना गिरी, एच के अधिकारी, प्रशंसा पौडेल, सन्देश ले मोटे शाक्य, अायुष्मान प्याकुरेल, प्रस्तुति भट्टराई, श्रवणकुमार राना र विपीन रिमालको अभिनय रहेको यस नाटकमा साजनकुमार सुनुवार र सुशान श्रेष्ठ निर्देशन सहयोगी रहेका छन्। उमेश तामाङको प्रकाश व्यवस्थापन रहेको नाटकलाई दिलीप रानाभाट र अालोक लम्सालले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन्।
जेठ २९ गतेबाट मञ्चन हुने यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक 'ब्ल्याक कमेडी' मा अाधारित छ। थिएटर भिलेजमा अाबद्ध रही नियमित अभिनय र निर्देशन गरिरहेका दीलिप रानाभाटको निर्देशनमा तयार भएको नाटक असार ३ सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।