काठमाडौं– होटल, रेष्टुरा सञ्चालक र मजदुरबीचको सेवा शुल्क वितरणसम्बन्धि विवाद समाधान भएको छ।
कूल सेवा शुल्कको ७२ प्रतिशत हिस्सा मजदुरलाई दिन होटल, रेष्टुरा सञ्चालकहरु सहमत भएपछि दुई पक्षबीच विगत डेढ वर्षयताको विवाद समाधान भएको हो।
शुक्रबार काठमाडौंमा दुई पक्षबीच भएको १९ बुँदे सहमतिमा नयाँ सम्झौता अनुसार सेवा शुल्कवापतको ५ प्रतिशत रकम होटलमा कार्यरत मजदुरहरुको सीप विकासमा खर्च गर्ने पनि उल्लेख गरिएको छ। सहमतिअनुसार मजदुरहरुको तलब पनि वार्षिक रुपमा ५ प्रतिशतले वृद्धि हुनेछ।
यसअघि मजदुरहरुलाई कूल सेवा शुल्कको ७० प्रतिशत रकम उपलब्ध गराउँदै आइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।