ad

प्रधानमन्त्री मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ : गृहमन्त्री सिंह

SHARES
Nepal Live

जम्मु– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति सरकार गम्भीर रहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन्।

प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्तो बताएका हुन्।

‘हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं। माओवादीहरूले हार्ने लडाइ लडिरहेका छन्। उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्।,’ जम्मु र कास्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

प्रहरीले बिहीबार मात्रै पुनेबाट पक्राउ गरिएका ५ जनामध्ये एक जनाबाट भारतीय कम्युनिष्ट पार्टी (माओवादी)सँग सम्लग्नता रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाएको छ। 

उनीहरुले प्रधानमन्त्री मोदीको पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई बताएको छ। 

गृहमन्त्री सिंहले नक्शलवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दावी पनि गरे। विद्रोहीहरू १ सय ३५ जिल्लाबाट ९० जिल्लामा खुम्चिइसकेको र दश जिल्लामा मात्रै सक्रिय भएको उनको दावी छ। रासस/पिटिआई

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार