एजेन्सी– बिहीबारबाट प्रदर्शनमा आएको रनजनीकान्तको फिल्म 'काला' साउदी अरेबियामा प्रदर्शन हुने पहिलो भारतीय सिनेमा बनेको छ। सन् १९८० पछि साउदी अरेबियामा सिनिमा हलमा प्रतिबन्द लागेको थियो। गत अप्रिलमा उक्त प्रतिबन्ध खुलेको हो। रजनिकान्तको 'काला' फिल्मले नै साउदी अरेबियाको स्क्रिन पाउने पहिलो भारतीय फिल्म बन्ने अवसर पाएको हो।
यसैगरी कालाले पहिलो दिनमै १ करोड ७६ लाखको व्यापार गरेको छ। फिल्मले भारतको चेन्नाईमा व्यापारको नयाँ रेकर्डसमेत कायम गरेको ट्रेड एनालिस्ट रमेश वालाले जनाएका छन्। उनका अनुसार चेन्नई बक्स अफिसमा फिल्मले अहिलेसम्मकै उत्कृष्ट व्यापार गरेको हो।
हलिउड फिल्म जुरासिक वर्ल्डसँगै प्रर्दशनमा आएको कालाले उक्त फिल्मसँग कडा प्रतिस्पर्धा गरिरहेको समाचारहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।