काठमाडौं– नेपाल चलचित्र विकास बोर्डले अग्रज र नवोदित कलाकारलाई सम्मान गरेको छ। ‘महिला सशक्तीकरणका लागि सूचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला’मा वरिष्ठ कलाकार चैत्य देवी, सकुन्तला शर्मा, बसुन्धारा भुसाल, करिश्मा मानन्धर दीपाश्री निरौला लगायतलाई सम्मान गरेको हो।
त्यसैगरी कार्यक्रममा नयाँ पुस्ताकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि सम्मनित भइन्। बोर्डले उनलाई नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफ्नो कलाको माध्यमबाट महिला सशक्तीकरणमा योगदान गरेको भन्दै बोर्डले सम्मानित गरेको हो।
प्रमुख अतिथि रहेकी प्रदेश ३ की प्रमुख अनुराधा कोइराला र बोर्ड अध्यक्ष निकिता पौडेलले कलाकारहरुलाई सम्मानपत्र हस्तान्तरण गरे।
महिलाहरु 8का रोल मोडल भएको भन्दै कोइरालाले महिला कलाकारहरुले 8लाई प्रभावित पार्न सक्ने बताइन्।
कार्यक्रमको दोस्रो सत्रमा सूचनाको हक विषयक कार्यशालामा पत्रकार बबिता बस्नेतले प्रशिक्षण दिएकी थिइन्। चलचित्रकर्मी महिला सशक्तीकरण समितिमा संयोजक अभिनेत्री सरिता लामिछाने तथा सदस्यहरुमा रक्षा सिंह राणा, गीता अधिकारी, कविता शर्मा गेलाल र सचिवमा चलचित्र विकास बोर्डकी अधिकृत निर्मला चौलागाई रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।