भक्तपुर- भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको बताए।
फरार रहेका उमेश माझीको खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान सुरु गरेको उनले जानकारी दिए। माझीका ११ वर्षीया छोरी र ७ वर्षीय छोरा छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।