काठमाडौं– ७ लाख भारतीय रुपैयाँसहित एक भारतीय युवक जयबागेश्वरीमा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशलाले बिहारको मोतिहारी घर भएका राम सागर भगतलाई पक्राउ गरेको हो।
अवैध रुपमा मुद्रा सटही गर्न लागेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। नेपालमा प्रयोगमा नरहेको नयाँ भारतीय नोटको उनले सहटी प्रयास गरेका थिए। उनको समूहको बारेमा थप अनुसन्धान भइरहेको गौशाला प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।