काठमाडौं– प्रतिभाको खोजीका लागि हुन लागेको रियालिटी शो 'मेची-महाकाली ट्यालेन्ट'को काठमाडौं अडिसन यही शनिबार हुने भएको छ।
उपत्यका बाहिरका ६ शहरमा अडिसन सकेर शनिबार काठमाडौंमा अडिसन गर्न लागिएको आयोजकले जनाएको छ।
यसअघि बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ र पोखरा लगायत शहरमा अडिसन भएको थियो। काठमाडौंको अडिसन मीनभवनस्थित एभरेस्ट फिल्म एकेडेमीमा बिहान १० बजेदेखि सुरु हुने आयोजक ग्रेड वान मिडियाले जानकारी दिएको छ।
काठमाडौं अडिसनका लागि निकै उत्साहित रहेको प्रतियोगीताका एक निर्णायक सुनिल थापाले बताए। उनीसहित गौरी मल्ल, त्रिलोक राना र गम्भीर विष्ट निर्णायक रहेका छन्।
एउटै मञ्चमा प्रतियोगीहरुले गायन, अभिनय, नृत्य लगायतका विभिन्न प्रतिभा प्रस्तुत गर्न सक्ने आयोजकको तर्फबाट देव मगरले बाताए। प्रतियोगिताका विजेताले २१ लाख नगद पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।