काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले आफूले गाएको गीत सार्वजनिक भएको छ। सन्दीपले बुधबार सामाजिक सञ्जालमार्तफ आफूले गाएको गीत सार्वजनिक गरेका हुन्।
उदास शीर्षकको गीतमा स्वर र कम्पोजिसन सन्दीपले नै गरेका छन्। विनोद तिमिल्सिनाले लेखेका गीतको एरेन्जर सनिस सुनुवार हुने भने अनिल धितालले संगीत भरेका छन्।
सन्दीपले यसअघि आफूले 'प्रतीक्षा' शीर्षकको एल्बम ल्याउने सार्वजनिक गरेका थिए।
१७ वर्षीय सन्दीप पछिल्लो समय चर्चामा रहेका नेपाली क्रिकेटर हुन्। उनले आइपिएल क्रिकेट खेल्दै इतिहास बनाएका थिए।
यस्तो छ गीत :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।