धादिङ– जिल्लाको उत्तरी भागमा रहेको गंगाजमुना गाउँपालिका–१ गोरगाउँमा दुई समूहबीच भएको ग्याङफाइटमा एक युवक गम्भीर घाइते भएका छन्। बाटो खन्ने विषयमा झगडा भएको हो।
कामदारहरुलाई बुधबार मुखमा माक्स लगाई आएका अपरिचित ब्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा झगडा भएको थियो। कामदारमध्येका २२ बर्षीय सन्तोष तामाङ घाइते भएका हुन्।
घाइते तामाङलाई उपचारको लागि हेलिकप्टरद्धारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। बाटोको विषयमा दुई पक्षबीच झगडा हुँदा लामामाथि खुकुरी प्रहार भएको हो। आक्रमणमा संलग्नहरुको खोजी भइरहेको धादिङका एसपी डम्बर बिकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।