काठमाडौं- सेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले वृद्धि गरिएको पुँजीगत लाभकर १५ दिनका लागि स्थगित गरेको छ। सरकारले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि पुँजीगत लाभकर साविक ५ प्रतिशतबाट ७ दशमलब ५ प्रतिशत पुर्याई आइतबारदेखि लागू गरेको थियो।
तर, लगानीकर्ताहरु आन्दोलनमा उत्रिएपछि अर्थमन्त्रालयले अध्ययन प्रतिवेदनका आधारमा मात्र निर्णय लिने भन्दै १५ दिनका लागि वृद्धि गरिएको पुँजीगत लाभकर स्थगित गरेको छ। अध्ययनका लागि गठित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ।
आन्दोलनरत सेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीचको वार्तापछि मन्त्रालयले राजश्व कार्यालयमा वृद्धि गरिएको पुँजीगत लाभकर स्थगित गरिएकोबारे जानकारी दिने र १५ दिन यथास्थितिमै कारोबार नियमित गर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।