काठमाडौं– लोपोन्मुख वन्यजन्तु रेडपान्डाको छाला लिएर काठमाडौं आउँदै गरका एक युवक बालाजुमा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बालाजुले रसुवाका काजी तामाङलाई मंगलबार पक्राउ गरेको हो।
उनको साथबाट एउटा रेडपान्डाको छाला बारमद भएको प्रहरीले जनाएको छ।
एम्बुस चेकिङका क्रममा उनी उनी पक्राउ परेका हुन्। बिक्रि गर्न भनेर उनले रेडपान्डा छाला ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।