डोटी- डोटीको शिखर नगरपालिका १ र दिपायल सिलगढी नगरपालिका ३ जोड्ने गेरुपानीस्थित निर्माणाधीन झोलुङ्गे पुल भत्किँदा ३ जना मजदुर घाइते भएका छन्।
घाइते हुनेमा सुनसरी गढी गाउँपालिकाका दीलिपकुमार यादव, सोही ठाउँका युवराज चौधरी र सुकेत ऋषिदेव रहेका छन्। घाइतेमध्ये युवराज चौधरी गम्भीर घाइते भएका छन्। उनलाई नेपालगन्ज रिफर गरिको इलाका प्रहरी कार्यालय दिपायलका सइ दिलबहादुर कुँवरले बताए।
पुलको टावर खडा गरिसकेर स्टिल डेग कस्ने काम पनि अन्तिम चरणमा पुगेको थियो। सोही क्रममा दुर्घटना भएको हो।
पुलका केवलहरु पूरा मात्रामा नकसिएका कारण असन्तुलन भई पुल भाँचिएको सइ कुँवरले बताए। पुलको ठेक्का काठमाडौंको खम्वाचो सविना निर्माण सेवाले लिएको छ। पुलको स्ट्यान्ड टन भाँचिदा दुई वटै टावर नदीमा खसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।