बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्याटालोनियाबासीमाथि प्रहरीले गरेको दमनको विरोध गरेका छन्। स्पेनबाट अलग हुनुपर्ने मागसहित क्याटालोनियाबासीले जनमत संग्रह गरेपछि बार्सिलोना क्षेत्रमा आइतबार झडप हुँदा ८ सय ५० भन्दा बढी मानिस घाइते भएका थिए ।
झडपका कारण बार्सिलोनाको रित्तो रंगशालामा खेल खेलेका पिकेले खेल जीवनकै खराब अनुभव भएको प्रतिक्रिया दिएका छन्। साथै उनले प्रहरीको दमनको विरोध गर्दै भनेका छन्,' मानिसहरु शान्त मुद्रामा थिए तर, पनि प्रहरीले ठुलो बल प्रयोग गरेको छ ।' यति भनिरहदा पिकेको आँखा रसाएका थिए।
पिकेले अघि भने, 'हजुरबाबु– हजुरआमा लगायत बालबलिका पनि शान्तिपूर्ण रुपमा प्रदर्शनमा थिए । तर प्रहरीले नै झडपको स्थिति ल्यायो। पिकेले जनमत संग्रह गर्नु सबैको अधिकार भएको बताए। उनले कानुनले क्याटालोनियावासीलाई अधिकार दिनु पर्ने बताए। 'म क्याटालन हुँ र सधै हुनेछु। क्टयाटालन हुनुमा गर्व गर्छु' उनले भने, 'मैले स्पेनिस टिमबाट खेलिरहेको छु। स्पेनिस टिम प्रजातन्त्रमा विश्वास गर्छ जस्तो लाग्छ । यदि विश्वास गर्दै भने म स्पेनिस टिममा रहेन छैन। आगामी विश्वकप पनि खेल्ने छैन।'
यसअघि स्पेनबाट अलग हुनुपर्ने मागसहित क्याटालोनियावासीले जनमत संग्रह गरेपछि बार्सिलोना क्षेत्रमा आइतबार दिनभर जसो झडप भएको थियो। झडपका कारण स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र लास पालमासबीचको खेल रित्तो रंगशालामा खेल भयो।
क्याटालोनिया प्रान्तले धेरै वर्षयता स्पेनबाट छुट्टिएर स्वतन्त्र राज्य बन्ने प्रयास गरिरहेको छ । यसका लागि अक्टोबर १ अर्थात् आइतबार क्याटालोनियाले जनमत संग्रह गरेको थियो। तर स्पेन संवैधानिक अदालतले जनमत संग्रहलाई अवैध घोषणा गरेपछि मतदान केन्द्र राखिएका विद्यालयमा प्रहरीले हस्तक्षेप गरी मतपेटिका कब्जा गरेको थियो। यस क्रममा प्रहरी–सर्वसाधारण झडप समेत भएको थियो।
यी पनि पढ्नुहोस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।