काठमाडौं– अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘बाबु कान्छा’ को टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेता सलोनको डेब्यु फिल्म 'नेपाली बाबु'को दृश्यलाई समावेश गरिएको छ। सलोनले आजभन्दा १७ वर्षअघि भुवन केसीको मुख्य अभिनय रहेको फिल्म नेपाली बाबुमार्फत डेब्यु गरेका थिए।
टिजरमा १७ वर्षअघि बालकालाकारको भूमिकामा रहेका सलोन र १७ वर्षपछिको जवान सलोनलाई प्रस्तुत गरिएको छ।
सलोनका बुवा शोभित बस्नेतको निर्माण तथा निर्देशन बनेको ‘बाबु कान्छा’ मा सलोनसहित नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल लगायतको अभिनय रहेको छ। फिल्ममा डेब्यु कलाकारहरु अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन समेत रहेका छन्।
बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दीपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। फिल्म आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।