काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको १९०औं शाखाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले गरेका हुन्।
गुरुङले सरकारको नीति अन्तर्गत सबै स्थानीय निकायमा बैंकको शाखा पुर्याउने उद्देश्य अनुसार उक्त शाखा सञ्चालनमा ल्याइएको बताए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा स्थापना गरी दिगो आर्थिक विकासका लागि वित्तीय पहुँच विस्तार गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।