काठमाडौं– अमेरिकाको टेक्सस राज्यमा आयोजना हुने छैटौं ‘मिस नेपाल यूएस २०१८’ को आधिकारिक प्रशिक्षकमा मिस नेपाल २०११ विजेता मलिना जोशी नियुक्त भएकी छिन्।
टेक्ससको ड्यालसमा आगामी १९ अगस्टबाट आयोजना हुने प्रतियोगिताका लागि मलिनालाई प्रशिक्षक छनोट गरिएको आयोजकका तर्फबाट प्रतीक सुवेदीले नेपाल लाइभलाई जानकारी दिए।
सन् २०१४ मा पनि मिस नेपाल यूएसको आधिकारिक प्रशिक्षक बनिसकेकी मलिनालाई दोस्रो पटक आयोजक संस्थाले नियुक्त गरेको हो।
प्रतियोगिताको विजेताले ४५ हजार अमेरिकी डलर बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन्। प्रतियोगितामा नेपाली मूलका १८ देखि २९ वर्षका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि आयोजकले जून २३ सम्म आवेदन खुला गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।