म्याड्रिड – स्पेनबाट अलग हुनुपर्ने मागसहित क्याटालोनियावासीले जनमत संग्रह गरेपछि बार्सिलोना क्षेत्रमा आइतबार झडप भयो। झडपका कारण स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र लास पालमासबीचको खेल प्रभावित बन्यो।
बार्सिलोनाको घरेलु मैदान नोऊ क्याम्पमा रित्तो रंगशालामा खेल भएको थियो। बार्सिलोनाका बासिन्दाले सरकारको विरोध गरेपनि म्याड्रिडका समर्थकले भने सरकारको समर्थन गरेका छन्।
रियल म्याड्रिड र इस्प्यास्योल बीचको खेल रियलको घरेलु मैदान बेर्नाबेउमा भएको थियो। खेलमा रियल २–० ले विजयी भयो। खेलका दौरान रियलका समर्थकले सरकारको समर्थनमा प्ले कार्ड देखाएका थिए। साथै हजारौ समर्थकले स्पेनको राष्ट्रिय झन्डा रंगशालामा प्रदर्शन गरेका थिए। उनीहरुले 'हामी सबै स्पेन' तथा 'स्पेन जिन्दावाद' लगायतका ब्यानर प्रदर्शन गरेका थिए।
यता बार्सिलोनाले भने सहर भएको घटनाको भत्र्सना गरेको थियो। बार्सिलोनाले घटनापछि खेल स्थगित गर्न चाहेपनि स्पेनिस लिगका आधिकारले खेल नगराए ६ अंक खोस्ने चेतावनी दिएका थिए।
क्याटालोनिया प्रान्तले धेरै वर्षयता स्पेनबाट छुट्टिएर स्वतन्त्र राज्य बन्ने प्रयास गरिरहेको छ। यसका लागि अक्टोबर १ अर्थात् आइतबार क्याटालोनियाले जनमत संग्रह गरेको थियो। तर स्पेन संवैधानिक अदालतले जनमत संग्रहलाई अवैध घोषणा गरेपछि मतदान केन्द्र राखिएका विद्यालयमा प्रहरीले हस्तक्षेप गरी मतपेटिका कब्जा गरेको थियो। यस क्रममा प्रहरी–सर्वसाधारण झडप समेत भएको थियो।
प्रहरीले क्याटालोनियाको राजधानी बार्सिलोनामा जनमत संग्रहका कट्टर समर्थकमाथि लाठी चार्ज गर्नुका साथै रबरका गोली प्रहार गरेको थियो। क्याटालान आपत्कालीन सेवाले कम्तीमा पनि ३ सय ३७ जना घाइते भएको जनाएको छ।
यी पनि पढ्नुहोस् :
रित्तो स्टेडियममा बार्सिलोना र लास पाल्मासबीच खेल
क्याम्प नोउको खाली मैदानमा मेसीको २ गोल
इस्कोले दिलाए म्याड्रिडलाई पहिलो घरेलु जित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।