काठमाडौं- मेगा बैंक नेपाल र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार मेगा बैंकका सेवाग्राहीले बैंकका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।
यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।