ad

सुनका भरियालाई ८ करोड जरिवानासहित १० वर्ष कैद

SHARES
Nepal Live

बेंसीशहर– अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासहित १० वर्ष ६ महिना जेल सजायको फैसला भएको छ।

लमजुङ जिल्ला अदालतमा न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदुरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय गर्ने फैसाला गरेको स्रेस्तेदार भूमिप्रसाद शर्माले जनाए।

मनाङबाट बेँसीसहरतर्फ मोटरसाइकलमा आएका गुरुङ ५ महिनाअघि १७ किलो सुनसहित मर्स्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए। भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि मुख्य तस्करी भने अज्ञात छन्। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार