काठमाडौं– पितृसत्तात्मक 8मा महिलाको अस्तित्व दयनीय रहेको गुनासो र टिप्पणी नयाँ होइन। महिला मुक्तिको आन्दोलनले अझै विश्राम नलिँदा महिलाकै आवाज मुखरित गर्ने नाटक ‘अश्वेत’ मञ्चन भइरहेको छ।
मानव सभ्यताको विकाससँगै नारी जातिमाथि पुरुषवादी चरित्रको थिचोमिचोलाई ‘माधवी’ पात्रमार्फत उजागर गरिएको छ। राम के. एसीको लेखन र निर्देशन रहेको नाटक जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चन भइरहेको छ।
मुख्य पात्र माधवी धार्मिक युगका आदर्श नारीहरु कुन्ती, शकुन्तला र सीता जस्ता पात्रमाथिको पितृसतात्मक विभेदमाथि औंला उठाउँदै आजको युगमा पनि पुरुषहरुले गर्ने निर्मम व्यवहारप्रति आक्रोशित रुपमा प्रस्तुत हुन्छिन्।
सम्बन्धमा विश्वासको पल्ला भारी भएपछि एउटी नारी आफ्नो प्रेमीलाई मीठो भविष्यको कल्पनामा आफ्नो सर्वस्व सुम्पन्छे। तर, परिस्थिति एकनास रहन्न। परम्परा, संस्कृति नामका सामाजिक बन्धनले नारी पात्र विचलित हुन्छिन्।
सच्चा मनले गरेको प्रेममा अविश्वासको काँडा उम्रिएपछि दूरी बढ्न कत्ति पनि समय लाग्दैन। माधवीको गर्भमा मायाको निशानी हुर्किँदै गर्दा पुरुष पात्र भने नारीको आडभरोसा बन्नुको साटो 8मा आफ्नो प्रतिष्ठा र परिवारको इच्छालाई नै प्राथमिकता दिएर पन्छिन खोज्छ।
फलस्वरुप भविष्यमा कल्पिएको पतिको पारिवारिक चाह, दाइजो मोह जस्ता कारणले उनीहरुको सम्बन्ध टुंगिन्छ। अन्ततः नारी पात्र परिवार र 8मा आफ्नो नाक काटिने डरले गर्भपतनको बाटो अँगाल्छिन्। यसपछि पितृसतात्मक सोचका कारण कुण्ठित भएकी महिला पात्रलाई सशक्त बनाउने उनको अभियान सुरु हुन्छ।
करिब १ घण्टा १५ मिनेट लामो नाटकमा पुरुषप्रधान मनस्थितिले गाँजिएको आफ्नै परिवार, 8 र सम्बन्धबाट सिर्जित हिंसाप्रति प्रत्यक्ष–परोक्ष रूपमा खनिएका महिलाहरुको साझा स्वर छ।
नाटकमा शिवप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बास्तोला, एलिजा अधिकारी, शिक्षा केसी, दिलीप खड्का, तिर्सना राई, किरण चापागाईं र विज्ञान गजुरेलको अभिनय छ। जेठ ८ गतेबाट बिहीबार बाहेक हरेक साँझ साढे ५ बजे मञ्चन भइरहेको नाटक जेठ २१ सम्म मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।