कञ्चनजंघा हिमालको आधार शिविर जाने रुटमा पर्ने गाँउ हो, घुन्सा। यहाँभन्दा पर फाट्टफुट्ट घरहरु छन्, तर एकीकृत बस्ती छैन। त्यसैले विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर नजिकको सवैभन्दा नजिकको एकीकृत बस्ती भएको गाँउ घुन्सा हो। ताप्लेजुङको फक्ताङलुङ गाँउपालिकामा अवस्थित घुन्सा पुग्न नजिककैको मोटरबाटोबाट २ दिन पैदल हिड्नु पर्छ। सदरमुकाबाट पुग्न त ४ दिन छुट्याउन पर्छ।
समुद्री सतहबाट ३४ सय मिटरमाथि विकट बस्ती भएपनि यहाँको विद्यालय भने जिल्लाकै नमुना छ। घुन्सा आधारभूत विद्यालले गुणस्तरिय शिक्षा र आवासीय सुविधा दिएका कारण दर्जनौँ अवार्ड पाइसकेको छ। यहाँ आवासीय रुपमा पढ्नका लागि २ दिन हिँडेर पुगिने स्थानबाट पनि विद्याथीहरु आउने गरेका छन्।
२०२३ सालमा स्थापना भएको विद्यालयले स्वरुप फेरेको धेरै वर्ष भएको छैन। २०७१ सालसम्म यहाँ विद्यार्थी संख्या न्यून थियो। पढाइको गुणस्तर पनि राम्रो थिएन। त्यसैले अभिभावकले आफ्ना बालबच्चालाई पढाउन सदरमुकाम र काठमाडौं पठाउने गर्थे। कोही–कोहीले भारतको दार्जलिङमा समेत पठाउने गर्थे। अझ २०६८ सालमा गएको भूकम्पले त विद्यालयको भवन क्षतिग्रस्त बन्यो। तीन वर्षसम्म पुन:निर्माण हुन सकेन।
२०७१ सालमा काठमाडौंमा बसोबास गर्दै आइरहेका यस क्षेत्रका समुदायहरुको सामाजिक संस्था कञ्चनजंघा बुद्धिस्ट सेवा 8ले विद्यालय बनाउने कार्यमा पहलकदमी लियो। सेवाका संस्थापक अध्यक्ष फुपुछ्वाङ शेर्पाको अस्ट्रेलियास्थित 8िक संस्था हिमालय डेभलभमेन्ट फाउन्डेसन अस्ट्रेलिया (एचडिएफए)सँग सम्पर्क भयाे। एचडिएफएका तत्कालिन अध्यक्ष डंकन चेसलले घुन्सा गाँउको भ्रमण पनि गरेका थिए। 'विद्यालयको भवन जिर्ण बन्दै गएपछि हामीले एचडिएफए समक्ष प्रस्ताव राख्यौं। उहाँहरुले सहज रुपमा स्विकार गर्नु भयो,' कञ्चनजंघा बुद्धिस् सेवा 8का तत्कालिन अध्यक्ष मिङ्मा डण्डु शेर्पा सम्झन्छन्।
एचडिएफएसँग २०७१ मा भवन निर्माणका लागि सम्झौता भएसँगै विद्यालयको भवन निर्णाम काम थालियो। तीन वटा ब्लकको मर्मत गरिएको थियो। साथै शौचालय र किचनको पनि निर्माण गरियो। ४० जना विद्याथी अट्ने होस्टल बनाइयो। त्यसका लागि शेर्पा कार्यकम संयोजक थिए। भवन निमार्णपछि गुणस्तरीय शिक्षाका लागि पनि एचडिएफएसँग सहकार्य भएको थियो। दार्जिलिङबाट अंग्रेजी पढाउनका लागि शिक्षक झिकाइएको थियो। यस्तै घुन्साका स्थानीय वासिन्दाले बोल्ने स्थानीय भाषा पढाउन लागि छुट्टै शिक्षक राखिएको छ। यसरी विद्यालयको भवन निर्माणसँगै शिक्षणको गुणस्तरमा सुधार आएपछि अहिले विद्यालय जिल्लाकै नमुना बनेको छ। होस्टलमा उच्चतम सुविधा रहेको शेर्पाले बताए। सवै प्रकारका शैक्षिक सामग्रीदेखि 'वासिङ मेसिन' र 'गिजर'सम्म विद्यालयमा उपलब्ध छ।
'एचडिएफएको सहयोग र स्थानीयवासीको सक्रियतामा एउटा जिर्ण स्कुल जिल्लाकै नुमना स्कुल बन्न सफल भएको छ। अहिले स्कुलमा भर्ना हुनका लागि टाढा–टाढाबाट समेत विद्याथी आउने गरेका छन्। काठमाडौं र दर्जिलिङ पठाउनेक्रम रोकिएको छ।', शेर्पा भन्छन्।
२०७१ मा ९ जना रहेको विद्यालयमा अहिले विद्याथी संख्या ६० पुगेको छ। होस्टलको कोटा ४० जना मात्र भएकाले पढ्न चाहनेले पनि विद्यालय भर्ना हुन पाएका छैनन्। 'स्थानीयवासीका लागि त समस्या भएन। तर टाढाबाट आएर होस्टलमा बसेर पढ्न चाहनेहरुलाई राख्न सकिएको छैन,' शेर्पा दुखेसाे गर्छन्। विद्यालमा सरकारी दरबन्दी बाहेक ५ जना कर्मचारीहरुलाई एचडिएफएले तलब दिएर राखेको छ। यस्तै विद्यालमा बिहान बेलुका 'कोचिङ क्लास' पढाउने शिक्षकका लागि पनि छुट्टै भत्ता दिने गरिएको छ। जसले गर्दा शिक्षाको गुणस्तर दिनानुदिन बढिरहेको छ।
अहिले विद्यालयमा ८ कक्षासम्म मात्र पढाइ हुने गरेको छ। निकट भविष्यमै माध्यमिक तहसम्मको अनुमति लिने प्रक्रिया अघि बढिरहेको शेर्पाले बताए। शेर्पाका अनुसार ८ कक्षा पास गरेका विद्यार्थीलाई अहिले काठमाडौं ल्याएर छात्रवृत्तिमा पढाउने गरिएको छ।
शिक्षाको क्षेत्रमा सहयोग गरेको एचडिएफएले घुन्सामा स्वास्थ्य इकाई स्थापनाको लागि पनि सहयोग गरेको शेर्पाले बताए। स्थानीय याङजोम शेर्पाकोसमेत पहलमा स्वास्थ इकाई स्थापना गरेपछि अहिले सामान्य उपचार गराउनै २ दिन हिड्ने अवस्था अन्त्य भएको छ। 'उपचार गराउन २ दिन हिड्नुपर्ने अवस्था हुँदा धेरै अामाहरुकाे बच्चा जन्माउन नसकेर मृत्यु हुने गरेको थियाे। अब त्यो अवस्थाको अन्त्य भएको छ।
यहाँको स्वास्थ्य चौकीले सुत्केरी गराउनेदेखि अन्य उपचार सेवासमेत प्रदान गर्दै अाएकाे छ।' हाल स्वाथ्य चौकीमा २ जना कर्मचारी छन्। एचडिएफएले आवश्यक पर्ने सवै प्रकारका उपकरण र औषधी उपलब्ध गराउने गरेको छ। गाउँमा स्वास्थ्य इकाईको भवन नभएको कारण हाल विद्यालयको एउटा कोठामा स्वास्थ्य इकाईको कार्यालय सञ्चालन गर्दै आइरहेको छ। घुन्सा निवासी याङजोम शेर्पाको पहलमा सुबिधा सम्पन्न स्वास्थ्य इकाईको भवन निर्माण प्रक्रिया अगाडि बढिरहेको छ।
'गाउँगाउँमा सिंहदरबार'काे नारा अालापे पनि २ सय जनसंख्या रहेको घुन्सामा सरकारको उपस्थिति 'अाकाशकाे फल बराबर' भएकाे शेर्पा गुनासाे गर्छन्। उनका अनुसार घुन्साबाट वडा कार्यालय पुग्न २ दिन लाग्छ। 'हामी गाउँलेकै पहलमा विभिन्न विकासका कामहरु भइरहेका छन्। वडा कार्यालयसँग सम्पर्क गर्न गाह्रो छ भने अन्य अवस्था के होला?,'उनी प्रश्न गर्छन्।
केही वर्षअघि 'डब्लूडब्लूएफ'ले हाइड्रोपावर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको थियो। तर केही वर्षमा प्राविधिक समस्या आयो। समान महंगो पर्ने भएकाले यसमा पनि एचडिएफएले सहयोग गरेको थियो।
घुन्सामा स्वास्थ्य र शिक्षाको पहुँच पुगेपनि सञ्चारको समस्या रहेको छ। गाँउमा पहिला–पहिला सिडिएमए फोन चल्थ्यो। तर अहिले चल्दैन। नेपाल टेलिकमकाे 'एनटी भिस्याट'बाट काम चलाउने गरिएको छ। यद्यपी निकट भविष्यमा नेपाल टेलिकमले टावर बनाउने सम्झौता गरेकाले स्थानीयबासी हर्षित छन्।
यस क्षेत्रको अर्को समस्या पदमार्ग हो। भौगोलिक विकटता र समय–समयमा हुने प्राकृतिक प्रकोपका कारण कञ्चनजंघा आधार शिविरसम्मको पर्यटकीय पदमार्ग जिर्ण अवस्थामा रहेको छ। जसले पर्यटक र स्थानीयलाई आवागमनमा समस्या भइरहेको छ।
पर्यटकीय रुपमा ठूलो सम्भावना बोकेको घुन्साको अहिले पनि धेरै प्रचार हुन नसकेको शेर्पा बताउँछन्। गाँउको विकासका लागि विदेशी संस्थाले सहयोग गरिरहँदा सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। 'अहिले विद्यालयदेखि सवै प्रकारका सहयोग एचडिएफए गरिरहेको छ। उसले विद्याललाई १० वर्षसम्म सहयोग गर्ने मौखिक सम्झौता गरेको छ। सम्झौता थपघट पनि हुन सक्ला। गाँउ तथा विद्यालयलाई नमुना बनाइराख्न अब सरकारको पनि ध्यान जान जरुरी छ।,' शेर्पाको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।