विराटनगर– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट प्रहरीले डेढ किलो सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ।
आठराई त्रिवेणी गाउँपालिका–४ का ३८ वर्षीय सन्तोषकुमार लिम्बु र २९ वर्षीय मंगलसिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय दोभानको ग्रामीण गस्ती टोलीलाई देखेर शंकास्पद गतिविधि गरेपछि झोला चेकजाँच गर्दा सालकको खपटा बरामद भएको सई हिरालाल यादवले बताए।
उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।