काठमाडौं- मेगा बैंकले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सिरहाको लहान नगरपालिका र गोरखाको भीमसेन थापा गाउँपालिकामा शाखा विस्तार गरेको हो।
मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको जनाएको छ। बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याुउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिएको जनाएको छ।
नयाँ शाखा सञ्चालनसँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ। बैंकले ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्र र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।