नुवाकोट– बिहीबारबाट सुरु हुने प्रथम नुवाकोट गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट–११ र चितवन–११ भिड्ने भएका छन्।
नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने खेलाइनेछ। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहने नुवाकोट फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले बताए।
प्रतियोगितामा घरेलु टोली नुवाकोट–११ सहित ‘ए’ डिभिजन क्लब थ्रिस्टार क्लब, फ्रेन्ड्स क्लब, विभागीय टोलीहरु नेपाल पुलिस र एपिएफ क्लब, मदन भण्डारी स्पोर्टस् एकेडेमी, चितवन–११, रुपेन्देही–११, कास्की–११ र काठमाडौं–११ को सहभागिता रहने आयोजकले जनाएको छ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ३ हजार क्षमताको दर्शक अट्ने ‘प्याराफिट’ निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानले जानकारी दिए। प्रतियोगितामा खेल हेर्न दर्शकहरुका लागि १ सय र ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ।
जेठ १७ गतेबाट सुुरु हुने प्रतियोगता २६ गतेसम्म चल्नेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैयाँ प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ।
खेल तालिका :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।