काठमाडौैं– नक्कली शैक्षिक कारोबारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बागबजारस्थित यामाटो एजुकेशन प्रालिका सञ्चालक दिपक कुमार खत्री र पुतलीसडकस्थित आर्यटन इन्टरनेशनलका सञ्चालक आर्यन इन्टरनेशनका सञ्चालक देवराज सावदलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
उनीहरुले शैक्षिक भिषामा युवा युवतीहरुलाई विदेश पठाउन नक्कली शैक्षिक प्रमाणपत्र तथा सरकारी कागजपत्र बनाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सावदसँग पत्रकार परिचयपत्र समेत फेला परेको प्रहरीले जनाएको छ।
दुवै कन्सलटेन्सीबाट प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रहरु बरामद गरेको छ।
दुवै जना उपर सरकारी दस्तखत छाप कीर्ते मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।