ad

नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइने

SHARES
Nepal Live

काठमाडौं- सरकारी सञ्चार संस्था नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्थाको रुपमा सञ्चालन गरिने भएको छ।

मंगलबार संघीय संसद्‌मा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सबै प्रकारका सूचनाको माध्यममा नेपालीको पहुँच पुर्‍याउन आमसञ्चार माध्यमलाई निष्पक्ष मर्यादित व्यावसायिक र प्रतिस्पर्धी बनाउन दुवै संस्थालाई एकीकृत गरिने जानकारी गराए।

यसैगरी त्रिवि पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागमा अनुसन्धान र प्रयोगात्मक कक्षासहितको आधुनिक भवन निर्माणमा लागि सरकारले बजेट विनियोजन गरेको छ। पत्रकार दुर्घटना बिमा र वृत्तिकोषलाई पत्रकारको हित र कल्याणमा परिचालन गर्न पनि अनुदानको व्यवस्था गरिएको छ।

सरकारी, निजी र विदेशी साझेदारीमा फिल्म निर्माण गर्ने कार्यलाई सरकारले प्रोत्साहित गर्ने भएको छ भने सन्देशमूलक फिल्म प्रदर्शनीमा लाग्ने करमा सहुलियत दिइनेछ।

यस्तै फिल्म व्यवसायमा लाग्ने मूल्य अभिवृद्धि कर, चलचित्र विकास शुल्क लगायत राजस्व संकलनलाई व्यवस्थित गर्न इ-टिकेटिङसहित बक्सअफिस प्रणाली लागू गर्न नीति पनि सरकारले लिएको छ।

मुद्रण विभाग र सुरक्षण मुद्रण विकास समितिलाई सुरक्षण मुद्रण कम्पनीमा रुपान्तरण गरी सरकारले गुणस्तरीय छपाइ व्यवस्था लगायतका लागि ६५ करोड विनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार