काठमाडौं– युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) मा आबद्ध भएपछि झनै चम्किए। जति चर्चा भयो, उनले उत्तिकै क्षमता प्रदर्शन पनि गरे। सन्दीप वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा समेत छानिएका छन्।
उनी आजै इंगल्यान्ड प्रस्थान गर्दैछन्। इंग्ल्यान्ड जानुअघि उनले त्रिवि क्रिकेट मैदानमा पत्रकारसँग आफ्ना अनुभव साटेका छन्।
'आफू जस्ता युवा खेलाडीले विश्वका स्टार खेलाडीहरुसँग लर्डस्मा खेल्न पाउँदा खुसी लागेको छ,' उनले भने, ‘यस्ता खेलमा देशको प्रतिनिधित्वसमेत हुने भएकाले अलिअलि प्रेसर पनि हुन्छ। लर्डस् हाम्रो लागि ठूलो प्लेटफर्म हो।’
वेष्ट इन्डिजमा आँधीले भत्काएको क्रिकेट मैदान निर्माणका लागि आइसिसीले वेष्ट इन्डिज र विश्व ११ टिमबीच लर्डस्मा आगामी बिहिबार टी–ट्वान्टी खेल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।